घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?


काठमाडौं । कारोबारको दास्रो दिन आजसुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आइतबार १ लाख १७ हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज ५ सय रूपैयाँले घटेर १ लाख १७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै, आज तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ४ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रूपैयाँले घटेर १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।