घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौ, १४ जेष्ठ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । गतसाताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आजसम्म जारी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तोलामा २ सय रुपैयाँले सुनको मूल्य घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६ सय रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३ सय र तेजाबी सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा भइरहेको छ ।