चिलिमे जलविद्युत कम्पनीद्वारा लाभांश घोषणा

चिलिमे जलविद्युत कम्पनीद्वारा लाभांश घोषणा


काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले १५ प्रतिशत लाभांश घोषणा गरेकोमा १० प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीले पुस २० गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने भएको छ । पुस ७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।