चिनियाँ विदेशमन्त्री चैत ११ गते नेपाल आउने, यस्तो छ भेटघाटको कार्यक्रम

चिनियाँ विदेशमन्त्री चैत ११ गते नेपाल आउने, यस्तो छ भेटघाटको कार्यक्रम

चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले चीनका विदेशमन्त्री यी चैत ११ गते नेपाल आउन लागेको जानकारी गराएको छ । परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा यी तीनदिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका हुन्।  

नेपाल भ्रमणका क्रममा विदेश मन्त्री यीले राष्ट्रपति वीद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहल प्रचण्डलाई भेट्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । 

चैत १२ गते शनिबार परराष्ट्रमन्त्री खड्का र विदेशमन्त्री यीबीच दुई पक्षीय भेटवार्ता हुनेछ । भेटका क्रममा  बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको बारेमा छलफल हुनेछ।