रेखासँग जम्काभेट भएपछि बाबुरामले भने ‘नलाऊ माया दुई तिर...’

रेखासँग जम्काभेट भएपछि बाबुरामले भने ‘नलाऊ माया दुई तिर...’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनसँग सो पार्टीका पूर्व नेता डा. बाबुराम भट्टराई र रेखा थापाको जम्काभेट भएको छ । एकताका पार्टीमा सँगै रहेका तीन नेताको विमानस्थलमा जम्काभेट भएको हो ।

त्यसक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ‘नलाऊ माया दुईतिर.....’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भनेर ठट्टा गरेपछि उनीहरुबीच केहीबेर हाँसो चलेको थियो । पार्टी कार्यक्रमका लागि विभिन्न जिल्ला जान लागेका उनीहरुबीच एयरपोर्टमा जम्काभेट भएपछि  डा.भट्टराईले तीन जनाको तस्विर समाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन् ।

‘नलाऊ माया दुईतिर.....’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो !’  डा.भट्टराई अहिले जसपामा छन् भने थापा राप्रपामा छन् । वर्षमान भने माओवादीमै रहेका छन् ।