जर्मनीमा गाँजालाई कानूनी बैधता दिने 

 जर्मनीमा गाँजालाई कानूनी बैधता दिने 


काठमाडौं । जर्मनीले अप्रिल एक तारिखदेखि गाँजालाई बैधता दिने भएको छ । योसँगै जर्मन नागरिकहरुले सार्वजनिक स्थलमै गाँजा सेवन गर्न पनि पाउने छन् । जर्मनीले गाँजाको प्रयोगलाई बैधता दिए पनि प्रयोगका केही सर्तहरु भने राखिएका छन् । सार्वजनिक स्थलहरुमा २५ ग्राम र निजी घरमा ५० ग्रामसम्म मात्रै गाँजा राख्न पाइने छ ।

कडा कानुनका कारण युवाहरु गाँजाको कुलतमा फस्न थालेपछि सरकारले नै यसलाई खुकुलो बनाएको त्यहाँका स्वास्थ्यमन्त्री कार्ल लाउटरबाकले बताएका छन् । उनले गाँजाले बैधता पाए पनि देशमा गाँजा क्याफे भने खोल्न नदिने बताए । 

सरकारले गाँजालाई बैधता दिने निणर्य गरेसँगै विपक्षीहरुले भने त्यसको विरोध गरेका छन् । उनीहरुले लागूपदार्थ प्रयोगलाई सरकारले नै प्रोत्साहन गरेको आरोप लगाएका छन्  ।विपक्षी कन्जरभेटिभहरू अर्को वर्ष सरकारमा आएमा यो कानुनलाई पूर्ण रूपमा खारेज गर्ने बताइसकेका छन् ।