जलहरी प्रकरणबारे ओलीलाई जोडेर संसद्मा दिएको अभिव्यक्ति अनुचितः प्रधानमन्त्री दाहाल

जलहरी प्रकरणबारे ओलीलाई जोडेर संसद्मा दिएको अभिव्यक्ति अनुचितः प्रधानमन्त्री दाहाल


काठमाडौं, १३ जेठ । पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसद्मा अभिव्यक्ति दिनु उचित नभएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसद्मा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री दाहालको स्वीकारोक्ति थियो ।

आज संसदको बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्री प्रचण्डले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्रनधिकार पशुपति विकास कोसको भएको र यसमा कुनै विवाद नभएको बताएका छन् ।

जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै उनले यसमा सरकारको सहयोग रहने बताए । उनले अगाडि भने, ‘पशुपति क्षेत्र विकास कोषसँग सबन्धित विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन ।’