जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली बस्ने ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनको होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।