जसपा नेपालको केन्द्रिय समिति बैठक आज बस्दै, मस्यौद विद्यान अनुमोदन गर्ने

जसपा नेपालको केन्द्रिय समिति बैठक आज बस्दै, मस्यौद विद्यान अनुमोदन गर्ने

काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आज केन्द्रिय समितिको बैठक बस्दैछ । भोलीदेखि सुरु हुने विद्यान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रिय समिति बैठक बस्न लागेको हो ।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलीदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विद्यान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा विद्यानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रिय समितिबाट मस्यौदा विद्यान पारित गरे पछि बिद्यान अधिवेसनमा प्रस्तुत हुनेछ ।

भोलीको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुँदै छन् । यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ । विद्यान अधिवेसनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विद्यान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।