जहाज ठोक्किएपछि पुल दुर्घटना, छ जना कामदारको मृत्यु

 जहाज ठोक्किएपछि पुल दुर्घटना, छ जना कामदारको मृत्यु

काठमाडौं ।  अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा जहाज ठोक्किएपछि भएको पुल दुर्घटनाको उद्धार कार्य अहिले रोकिएको छ ।अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन्।दुर्घटना हुँदा सबैजना पुलको खाल्डो भर्ने काममा व्यस्त रहेको र जहाज पुलमा ठोक्किएपछि पानीमा खसेका थिए । 

उनीहरु सबै बेपत्ता छन् र अवस्था हेर्दा उनीहरु जिवितै नहुने अनुमान गरिएको छ ।अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले समय बित्दै जाँदा उद्धार कार्य झनै कठिन हुँदै गएको बताएका छन् । 

पानीको तापक्रम र तैरिरहेको भग्नावशेषका कारण उद्धार प्रक्रिया निकै चुनौतीपूर्ण भएको एक अधिकारीले बताए । सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको थियो । स्थानीय समय अनुसार मंगलबार बिहान १ः३० बजे भएको घटनामा पुलको ठुलो भाग भत्किएको हो ।