कमजोर भिजिबिलिटीका कारण जहाजहरु आकाशमै फन्को मार्दै

कमजोर भिजिबिलिटीका कारण जहाजहरु आकाशमै फन्को मार्दै

काठमाण्डौमा भिजिबिलिटी कम हुँदा जहाजले आकाशमा फन्को लगाइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहानदेखि भिजिबिलिटी झनै कम हुँदै जाँदा जहाज अवतरणमा समस्या भएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले उपकरणमा आधारित उडान तथा अवतरण प्रणालीमार्फत जहाजहरुलाई व्यवस्थापन गरिएको छ ।जसले गर्दा जहाजहरु होल्डमा परिरहेका छन् ।

अहिले सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्स, मुम्बईबाट आएको इण्डिगो एयरलाइन्स दिल्लीबाट आएको नेपाल एयरलाइन्ससहितका जहाज तराईको आकासमा फन्को मारिरहेका छन् । बिस्तारै मौसम खुल्न थालेकाले अब अवतरण सहज हुने विमानस्थल कार्यालयले जनाएको छ