म्यानमारकी नेतृ आङ साङ सुकीलाई ५ वर्ष जेल सजाय

म्यानमारकी नेतृ आङ साङ सुकीलाई ५ वर्ष जेल सजाय

म्यानमारी अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप ५ वर्षको जेल सजाय सुनाएको छ। उनालई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सैनिक शासन रहेको अदालतले जेल सजाय थप गरिएको हो। 

७६ वर्षीया सुकीमाथि नगद र सुनमार्फत करिब ६ लाख डलरबराबरको घुस लिएको आरोपमा दोषी करार गरिएको हो। राजधानी न्यापितअस्थित अदालतले बन्द कोठाभित्रको सुनुवाईपछि उक्त सजाय सुनाएको हो। २०२१ को फेब्रुअरीयता सुकी घरमा नै नजरबन्दमा रहँदै आएकी छिन्। 

उता सुकीले भने आफूमाथि झुटा आरोप लगाएर मुद्दा चलाइएको बताएकी छन्। गत वर्ष फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि सुकीलाई सञ्चारमाध्यमसँग पनि कुरा गर्ने अधिकार छैन। यसअघि गत डिसेम्बरमा सुकीलाई कोभिड नियम उल्लंघन गरेको आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको थियो। अदालतको पछिल्लो निर्णयसँगै सुकीले अब ११ वर्ष जेल बस्नुपर्ने भएको छ।