धनुषामा प्रहरी र व्यवसायीबीच झडप, दुईजना घाइते

धनुषामा प्रहरी र व्यवसायीबीच झडप, दुईजना घाइते

धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो । सोही सडक खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

प्रहरीले बाटो खुलाउन तथा बढ्दै गरेको आक्रोशको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । राति भएको आगलागीले पान पैलेस किरानाको समान तथा कपडा समेत जलेर १० लाख बढीको क्षति भएको छ ।

५० मिटरकै दुरीमा तीनकौरिया प्रहरी चौकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजानी गरेको स्थानीय व्यापारीहरुको आरोप छ । स्थानीयहरु प्रहरीको कार्यशैलीप्रति रोष प्रकट गर्दै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्न थालेपछि अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले स्थितिलाई नियन्त्रणमा लिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । अहिले त्यहाँ उद्योग बाणिज्य संघ जनकपुरका पदाधिकारीहरुको टोलि समेत पुगेको छ ।