टिकटक प्रतिबन्ध विरुद्ध परेको रिट आज हेर्न नभ्याइने

टिकटक प्रतिबन्ध विरुद्ध परेको रिट आज हेर्न नभ्याइने


काठमाडौं । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ ।

सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

२७ चैतमा मन्त्रिपरिषद बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए ।