त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपाल विजयी

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपाल विजयी

त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुआत गरेको हो । यस जितसँगै नेपालले पीएनजीविरुद्ध एकदिवसीय सिरिजमा व्यहोरेको हारको बदला समेत लिएको छ । नेपालले दुई खेलको एकदिवसीय सिरिज २-० ले गुमाएको थियो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनाउन सक्यो ।

१२ ओभरमा ७ विकेट गुमाएको पीएनजीलाई नोरमान भानुअको आक्रामक इनिङ खेल्दै पीएनजीलाई जित नजिक पुर्याएका थियो । भानुअले ५२ रनको आक्रामक अर्धशतकीय इनिङ खेल्दा पीएनजी जित नजिक पुगेको थियो । १९ औं ओभरको पाँचौं बलमा एलबीडब्लु धरापमा पार्नुअघि भानुअले २९ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ५२ रन बनाए । १०० रन मा ७ विकेट गुमाएको पीएनजीलाई भानुअ र चाड सोपरले ६७ रनको आक्रामक साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । इनिङ दोस्रो ओभरमा करण केसीले ओपनर टोनी उरालाई आउट गर्दै नेपाललाई सानदार सुरुआत दिलाए ।

उरालाई ५ रनमा लोकेस बमको हातबाट क्याच गराए । अर्का ओपनर लेगा सिएकालाई सोमपाल कामीले आरिफको हातमा क्याच थमाए । आक्रामक ब्याटिङ गरेका लेगाले १० बलमा ३ चौका र १ छक्काको मद्दतमा २१ रन बनाए । पीएनजीका कप्तान असद भाला १४ बलमा ७ रन बनाउँदा सन्दीप लामिछानेले आउट गरे । चार्ल्स अमिनीलाई २२ रनमा अविनास बोहराले बोल्ड गर्दा सेसे बाउलाई ३० रनमा सन्दीपले एलबीडब्लु धरापमा पारे ।

रिले हेकुरे ३ रन बनाउँदा जासन किलाले रनको खाता खोल्न सकेनन् । चाड सोपरले १३ रनको अविजित इनिङ खेले ।पालको जितमा करण र सन्दीप लामिछानेले ३र३ विकेट लिए । अविनास बोहराले २ विकेट र सोमपालले १ विकेट हात पारे ।