टी–२० क्रिकेटः सन्दीपको सय विकेट, बन्यो यस्तो किर्तिमान

टी–२० क्रिकेटः सन्दीपको सय विकेट, बन्यो यस्तो किर्तिमान

काठमाडौं । सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पुरा गरेका छन् ।सन्दीपले जारी टी–२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिएसँगै आफ्नो सय विकेट पुरा गरेका हुन् ।सन्दीपले टी–२० क्रिकेटमा ५४ खेलमा १०० विकेट लिएका हुन् । 

उनी टी–२० क्रिकेटमा छिटो सय विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि यो किर्तिमानअफगानिस्तानका राशिद खानको नाममा रहेको छ । राशिदले ५३ खेलमा सय विकेट लिएका छन् ।