टी–२० विश्वकप, इङल्याण्डलाई हराउँदै भारत फाइनलमा प्रवेश

 टी–२० विश्वकप, इङल्याण्डलाई हराउँदै भारत फाइनलमा प्रवेश

काठमाडौं ।  भारत टी–२० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।भारतले दिएको १७२ रनको लक्ष्य पचाएको इङल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो ।

यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार राति ८ः१५ बजेदेखि हुने भएको छ ।