ठगीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अमानवीय क्रुर व्यवहार गरेको भन्दै मिटरब्याजी पिडितहरुको आपत्ति 

1.

आन्दोलनमा उत्रिएका मिटरब्याजी पिडितहरुले राज्यले जति दम्न गरे पनि आफुहरुको माग पूरा नभई घर नफर्किने बताएका छन्। उनीहरुले 
आज प्रधानमन्त्रीसँगमात्र वार्ता गर्ने अडान लिएका छन् । 

यस्तै शान्तिबाटिकामा मिटरब्याजी पिडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत चर्को विरोध गरेका छन्।  पिडितहरुले नालायक गृह मन्त्रि भन्दै विरोध गरेका हुन्। साथै मिटरब्याज तथा ठगीविरुद्ध आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा गर्दा प्रहरीले अमानवीय क्रुर व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन्।  

यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्तामा सहमति नजुटेपछि उनीहरू काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिँदै आएका छन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राखेको छ। 

यस्तैगरि उनीहरुले चक्रवृति तथा मिटर व्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै आएका छन्।