ढाकाकुमार अडियो प्रकरणमाथि छानबिन सकियो, भोलि बैठक बसेर कारबाहीको विषयमा निर्णय लिइने 

1.

ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमाथि सुरु गरेको  अनुशासन आयोगले छानबिन सकाएको छ।  रास्वपा सभापति रवि लामिछानेले ढाकाको अडियो प्रकरणमाथि छानबिन गर्न ७२ घन्टा निर्धारण गरिएको थियो।  

उक्त समयावधिलाई मध्ये नजर गर्दै आयोगले आजै  प्रतिवेदन बुझाउन लागिएको हो । अडियोमा रहेको आवाज ढाकाकै रहेको समितिको विश्लेषण रहेको छ। तर सभापति यस प्रकरणमाथि सकारात्मक रहेका देखिन्छन।  

आज बुझाइने प्रतिवेदनको आधारमा केन्द्रीय समितिको बैठक बसेर कारबाहीको विषयमा निर्णय लिइने जनाइएको छ।