तनहुँ-१ को उपनिर्वाचन अपडेट: रस्वापाका वाग्ले फराकिलो मतान्तरसहित विजय 

तनहुँ-१ को उपनिर्वाचन अपडेट: रस्वापाका वाग्ले फराकिलो मतान्तरसहित विजय 

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका उम्मेद्वार गोविन्द भट्टराईलाई फराकिलो मतान्तरले पछि पार्दै विजय भएका छन्।  

मतगणनाको सुरुवाती समयदेखि निरन्तर अग्रता हासिल गरेका रस्वपका वाग्लेले  १४ हजार ७ सय ९७ मतको मतान्तरमा कांग्रेसका भट्टराईलाई पछि पारी विजय भएका हुन्। 

वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस भट्टराई २० हजार १ सय २२ मत ल्याए ।  यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले)-सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत ल्याए। 

अहिले चितवन-२ को मतगणना जारी रहेको छ।