ताप्लेजुङमा  बालुवाले भरिएको डोको बोकेर दौडिने प्रतियोगिता

1.

ताप्लेजुङमा ‘डोको क्यारी रन’ प्रतियोगिता सम्पन्न भएको छ। ताप्लेजुङमा सञ्चालित दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अवसरमा बालुवाले भरिएको डोको बोकेर दौडिने प्रतियोगिता सम्पन्न भएको हो।  

आयोजकको टिमको अनुसार १५ किलोग्राम बालुवासहितको डोको बोकेर प्रतियोगीहरुले १३ किलोमीटरको दुरी पार गर्न प्रतिस्पर्धा गरेका थिए। । प्रतियोगितामा निर्धारित दुरी १ घण्टा ४ मीनेट ३१ सेकेण्डमा पार गर्दै फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू बिजयी भएका छन् ।

यस्तै १ घण्टा ४ मीनेट ४४ सेकेण्डमा दुरी पार गर्दै मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोश्रो र १ घण्टा ५ मीनेट ३० सेकेण्डमा दुरी पार गरेर फक्ताङलुङ गाउँपालिकाका छत्रबहादुर बहादुर कार्की तेश्रो भएको जनाइएको छ।