'तिम्रो यादमा' बोलको गजलमा योगेश काजी

'तिम्रो यादमा' बोलको गजलमा योगेश काजी

काठमाडौं, २४ वैशाख । तिम्रो यादमा बोलको गजलको भिडियो रिलिज गरिएको छ । मनोरथ कटेल नन्दुको शब्द रहेको गजलमा योगेश काजी शाहको स्वर रहेको छ । गायक स्वयमकै संगीत तथा एरेन्ज रहेको सार्वजनिक गजलले प्रेम वियोगमा एउटा प्रेमी मनले भोगेको विरहलाई केलाएको छ ।

पवन विकको मिक्सिङ र मास्टरिङ रहेको गजलमा गायक स्वयं नै फिचर्ड छन् । अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोको छायांकन निर्देशक स्वयमले गरेका हुन् भने भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन् ।

अमेरिकामा रहेका गीतकार नन्दुका यसअघि आमा र कहाँ पुगे साथीभाई बोलका दुई वटा गीतहरु बजारमा आइसकेका छन् । गीतकार नन्दुले गजलका अलावा, गीत, कविता लेख्न रुचाउँछन् ।

भिडियो लिंक : https://youtu.be/IKSHfot5iAg