दीर्घकालिन योजनाका साथ देश विकासमा अघि बढ्दैछौं : सीके राउत

दीर्घकालिन योजनाका साथ देश विकासमा अघि बढ्दैछौं : सीके राउत

दीर्घकालिन योजनाका साथ देश विकासमा बढ्दैछौं : सीके राउत

काठमाडौं । निर्वाचन जित्ने र मन्त्री बन्ने मात्रै रहर नभएको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बताएका छन् । तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्व २०८० को अवसरमा शुभकामना चियापान कार्यक्रममा उनले मन्त्री बन्ने मात्रै आफ्नो रहर नभएको बताए। उनले दीर्घकालिन योजनाका साथ देश विकासमा आफू अघि बढेको बताए ।

राउतले भने, ‘यो निर्वाचन जित्ने मात्रै रहर होईन, मन्त्री बन्ने मात्रै पनि रहर होईन, मन्त्री बन्ने भए म बनिसक्थे, मन्त्री बन्ने मात्रै रहर नभएको हुनाले हामी अझ दीर्घकालिन योजनाका साथ अघि बढ्दै छौं । यसमा सबैको साथ सहयोग आवश्यक छ।’ उनले संसदीय व्यवस्था नामको मात्रै भएको भन्दै दुई, तीन जना नेताले जे निर्णय गर्छन् त्यही लागू हुने व्यवस्था विद्यमान रहेको बताए ।

जनमत पार्टीले एक दशकभन्दा बढि संघर्ष गरेर, जनताको भावना बुझे उठाएको पार्टी भएको भन्दै पार्टी जनताको मत अनुसार चल्ने पनि उनको भनाई छ ।

उनले भने, जुन संसदीय व्यवस्था भन्ने गरिन्छ, तर त्यहाँ संसदले भनेको केही कुरा लागू हुँदैन। दुई, तीन जना नेताले जे निर्णय गर्छन्, त्यही कुरा लागू हुने व्यवस्था विद्यमान छ । दुई, चारजना नेताले मात्रै ३० वर्ष देश चलाईरहेको छन् । त्यसलाई चिर्नको लागि जनताले के चाहेको हो । जनताले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा यी सबै कुरा चाहेको हो, त्यो कुराहरुलाई सम्बोधन गर्न, जनताको मत अनुरुपको पार्टी जनमत पार्टी हो ।

उनले आगामी दिनमा जनमत पार्टी देशको भविष्य बन्ने हिसाबले वैकल्पिक रुपमा स्थापित भएको भन्दै पुरानो पार्टीबाट दिक्क भएका जनताले जनमत पार्टीमा आशा राखेका बताए ।