दुवै हात जोर्दै सभापति लामिछानेले भने-यो पार्टी कार्यकर्ता रहित पार्टी हो

1.

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुहरुको कुनै पनि कार्यकर्ता नरहेको बताएका छन्।  तनहुँको चुनावी अभियान समारोहमा बोल्दै रास्वपा पार्टी कार्यकर्ता रहित पार्टी रहेको उल्लेख गरे। उनले भने, 'यो पार्टी कार्यकर्ता रहित पार्टी हो। केही सदस्य छन् सँगसँगै हिँड्छन्।'

यस्तै उनले मंचमा बोल्ने क्रममा दुवै हात जोरेर क्षमा माग्दै रास्वपालाई माया गर्नेहरुले कसैलाई गालीगलोज नगर्न समेत आग्रह गरे।  उनले भने, 'अहिले पनि सामाजिक सञ्जालमा कतिपय मानिसहरुले हाम्रा समर्थकहरुले गालि गरेको कुरालाई हामीलाई कटाक्ष गरेको कुरालाई मैले हेरे । हाम्रा समर्थकहरुले कसैलाई गालीगलोज गर्नुभएको रहेछ । रास्वपालाई माया गर्नुहुन्छ भने कसैलाई गालीगलोज नगर्नुहोला । '

यस्तै आफुहरु आफ्ना पार्टीका समर्थकहरुले सामाजिक सञ्जालमा गरेको गालीगलोजप्रति आफ्नो कुनै निर्देशन नदिएको भन्दै उनले आफुहरु सँगसंगै केही सदस्यहरु मात्रै हिड्ने गरेको बताए।  

उनले भने, 'हाम्रा समर्थकहरुले कसैलाई गालीगलोज गर्नुभएको रहेछ । त्यसको भार पनि हाम्रो टाउकोमा हालिएको छ । कुनै पनि समर्थकले देश विदेशबाट गरिएको रहेछ भने त्यो हाम्रो निर्देशनले होइन। रास्वपालाई माया गर्नुहुन्छ भने कसैलाई गालीगलोज नगर्नुहोला । त्यसको दोष हाम्रो टाउकोमा पर्न आउँछ । जसले गरेका छन् मैलले हात जोडेर माफी मागे