देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको छ : सांसद केसी

 देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको छ : सांसद केसी

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । 

उनले भने,‘देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको छ । साढे ३३ किलो तस्करीबारे छनाविन गर्न गृह मन्त्रालयका सहसचिब ईश्वर पौडेललेको अध्यक्षतामा समिति गठन भएको थियो । तर ७ सय ५२ पेजको उक्त प्रतिवेदन गायब गरियो । अहिले ४ सय २५ पेजको डिल्लीराम आचार्यको प्रतिवेदन आएको छ । यो पनि त्यसरी नै हराउने काम नहोस । जो दोषी छन्, उनीहरुमाथि कारबाही होस् ।’उनले देशकै सबैभन्दा भ्रष्टाचारको ठूलो काण्ड एनसेल प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।