देशभर सत्ता गठबन्धनलाई एउटै कुच्चाले बडार्छौंः ओली

देशभर सत्ता गठबन्धनलाई एउटै कुच्चाले बडार्छौंः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउने निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बडार्ने बताएका छन्।इलाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अबको चुनावमा अत्यधिक बहुमतका साथ एमाले विजयी हुने दाबी गरेका हुन्।

उनले भने, ‘फेरि एमालेलाई बहुमत ल्याउन रोक्न लागेका छन्। नङ नगाडे हुन्छ। ओइलिएका पात झर्न सक्छन्। एमालेको सूर्य सतीसाल भएर उभिन्छ। देशभर पाँच दललाई आउने चुनावमा एउटै कुच्चाले बडार्नेछ। हामी चुनाव पर्खिरहेका छौं। एमाले नेपाली जनताको पार्टी हो।’

अध्यक्ष ओलीले कम्युनिस्टको बर्को ओढेका अन्तरेजन्तरेले एमालेविरुद्ध लागेको आरोप लगाए। ‘एमालेले लगाइदिएको मेयरको फुली बोकेर, संसदको फूली बोकेर एमालेविरुद्ध लाग्नेरु आउँदो निर्वाचनमा जवाफ दिनुपर्छ। गुन बिर्सिने यस्ता तत्वहरुलाई तपाईहरुले मुखभरीको जवाफ दिनुपर्छ,’ उनले भने।