दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ। सोमबार 'प्राविधिक समस्या'का कारण बीचमै कारोबार रोकिएको सेयर बजारमा मंगलबार भने गिरावट आएको हो। शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव १५ अङ्कले घटेर दुई हजार ६ सय ५० दशमलव ९७ विन्दुमा झरेको छ ।

आज होटल, बीमा र म्युचुल फन्डबाहेक अरू सबै कम्पनीको शेयर घटेको छ । यस्तै दुई सय २९ वटा कम्पनीका ६५ लाख २९ हजार कित्ता शेयर तीन अर्ब ३६ करोड ४२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ३४ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले तथा सगरमाथा इन्सोरेन्स र सोल्टी होटलको शेयर साढे ६ प्रतिशतले बढेको छ ।