मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ गम्भीर घाइते


पर्सामा बिहीबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पर्साको पोखरीया नगरपालिका ४ स्थित नहरछेउको सडकडमा बिहीबार बिहान साढे १० बजे विपरित दिशामा रहेका ना ३ प १०२६ र प्रदेश २-०३-००४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। 

दुर्घटनामा दुबै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। मृत्यु हुनेमा पर्साको धोबीनी गाँउपालिका २ गुलरीयाका ३५ वर्षीय ललन पटेल र पर्साकै सखुवा प्रसौनी ५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन्। 

दुर्घटनामा मोटरसाइकलमा सवार धोबिनी २ का ३० वर्षीय रोजदिन मया, सखुवा प्रसौनी ५ एकडरवाका रन्जित महत्तो र त्यही ठाँउका १९ वर्षीय सुपेन राउत गम्भीर घाइते भएका छन्। 

घाइते तीनै जनाको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।