धादिङमा बस दुर्घटना हुँदा १५ जना घाइते, तीन जना गम्भीर

धादिङमा बस दुर्घटना हुँदा १५ जना घाइते, तीन जना गम्भीर

धादिङको थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। काठमाडौंबाट धादिङबेसीतर्फ आउँदै गरेको बा४ख ७४ नम्बरको ग्रामीण यातायातको बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। सामान्य घाइतेहरूलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

गम्भीर घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ।