धौलागिरी लघुवित्तको शेयर कारोबार फुकुवा

धौलागिरी लघुवित्तको शेयर कारोबार फुकुवा


काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थालाई सचेत गराउँदै कारोबार फुकुवा गरेको हो।

लघुवित्तले लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी समयमा नै नगराएको भन्दै कारोबार रोक्का गरी ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो।

सो अनुसार लघुवित्तले सर्भर मेलमा समस्या आएका कारण समयमा जानकारी गराउन नसकिएको स्पष्टिकरण दिएपछि नेप्सेले सचेत गराउँदै कारोबार फुकुवा गरेको हो।