नक्कली शरणार्थीको इस्यु, देशको लागि लज्जास्पद कुरा हो–शेखर कोइराला

नक्कली शरणार्थीको इस्यु, देशको लागि लज्जास्पद कुरा हो–शेखर कोइराला


काठमाडौं, बैशाख २७ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जोकोही कारबाहीको दायरामा आउने नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नक्कली शरणार्थीको विषय राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय हिसाबले पनि जोडिएकाले अनुसन्धान प्रभावित पार्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

‘यो त नक्कली शरणार्थीको इस्यु, देशको लागि पनि लज्जास्पद कुरा हो । प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ । त्यो रोकिन्छ जस्तो मलाई लाग्दैन । किनभने यो राजनीतिक वृद्धमा राष्ट्रिय रूपमा आइसक्यो र यो अन्तर्राष्ट्रिय स्तरमा पनि गइसकेको छ’, उनले भने, ‘शरणार्थीलाई अमेरिका पठाउने भनिसकेपछि उनीहरू पनि सशङ्कित हुन्छन् नि यो के भइरहेको छ नेपालमा भनेर । त्यस कारण यो रोकिन्छ भन्ने मलाई चाहिँ विश्वास लाग्दैन ।’

आजसम्म प्रहरीले अनुसन्धान गरिरहेको छ भने गरेको भन्नु पर्ने कोइरालाले बताए । ‘जो–जो दोषी हो उनीहरू त कारबाहीमा पर्नुपर्छ । गलत काम भएको छ । उनीहरुले कारबाहीको भागिदार बन्नुपर्छ,’ उनले भने, ‘तीन जना नेताले छलफल गरे, दुई जना नेताले बसेर छलफल गरेको विषयमा आएका समाचार हामीले पनि पढेका छौं । उहाँहरूले जे सुकै कुरा गरेपनि यो नक्कली शरणार्थीको विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ । त्यस कारण त्यति सजिलो गरी प्रहरी प्रशासन पनि ब्याक हुन सक्दैन ।’