नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न: गृहमन्त्रि श्रेष्ठ 

1.

गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन् ।आज प्रेस सेन्टर रुपन्देहीले  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।  

संवैधानिक रुपमै नागरिकताको अधिकार भएकालाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताउँदै नागरिकताविहीन भएको पीडा आफुहरुलाई बोध हुनुपर्ने बताए।  उनले भने, 'मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न,नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ। 


संविधानअनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाइने समेत बताए।  उनले भने, 'नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको छ। त्यसबारेमा सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वसँग छलफल गर्नेछौं। '