नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन आज

नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन आज

काठमाडौ, १५ साउन । आज नेपाल इन्सोरेन्स कम्पनीको १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन हो । सोमबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ ।

आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।