नेपाल सुपर लिग : आज दुईओटा खेल हुँदै

नेपाल सुपर लिग : आज दुईओटा खेल हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुईओटा खेल हुँदैछ । पहिलो खेलमा वीरगंज युनाटेड र पोखरा थण्डर्स तथा दास्रोमा एफसी चितवन र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुनेछ । वीरगंज युनाटेड र पोखरा थण्डर्सबीचको पहिलो खेल त्रिपुरश्वरस्थित दशरथ रंगशालमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

आजको खेल शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि दुवैटोलीका लागि महत्पूर्ण हुनेछ । पोखरा ५ खेलबाट ८ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । आजको खेल जितेमा पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्नेछ ।अघिल्लो खेलमा इलामलाई हराएर पहिलो जित निकालेको वीरगं युनाइटेडका लागि प्लेअफ पुग्ने हो भने आजको खेल जित्नैपर्नेछ । पराजित भएमा वीरगंजको प्लेअफ यात्रा कठिन बन्नेछ ।

यस्तै आजको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालमा साँझ ५ बजेदेखि सुरु हुनेछ । ६ वटा खेल खेलेको चितवन पाँच अंकसहित सातौँ स्थानमा छ । ६ वटै खेल खेलेको इलाम ४ अंकसहित तालिकाको पुछारमा छ ।प्लेअफ पुग्ने सम्भावना कायम राख्न चितवनलाई आज जित्नुको विकल्प छैन । चितवनले प्लेअफ पुग्नका लागि अब बाँकी दुई खेल जितेर मात्र पनि निश्चित छैन । चितवनलाई अन्य टोलीको नतिजाले पनि प्रभाव पार्ने छ। आज पराजित हुने टोली औपचारिक रुपमै प्लेअफ होडबाट बाहिरिनेछ ।