नेपाल सुपर लिगः पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा

नेपाल सुपर लिगः पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पार्धा हुने भएको छ । यसअघि भएको पहिलो खेलमा दुवै टोलीले जित निकालेका थिए । अपराजित दुवै टोली आज लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छन् ।

ललितपुरले पहिलो खेलमा बुटवल–लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको थियो भने पोखराल एफसी चितवनलाई १–० ले पराजित गरेको थियो । दुवै टोलीले आफ्नो टिममा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडिलाई समाबेश गराएका छन् । पोखरा र ललितपुरबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।