नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश कहिलेसम्म कायम इकाईधनीले पाउँछन् ?

नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश कहिलेसम्म कायम इकाईधनीले पाउँछन् ?


काठमाडौ, १५ असोज । नबिल ब्यालेन्स्ड फन्ड–२ ले बुक क्लोजको मिति तय गरेको छ । फन्डले असोज २६ गते एकदिन बुक क्लोज गर्ने जानकारी गराएको छ ।

तसर्थ, असोज २५ गतेसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ९.६ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरिसकेको छ । यस फन्डलाई नबिल बैंकले प्रवर्द्धन गरेको छ ।