नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपुरणीय क्षतिः पुर्व राष्ट्रपति भण्डारी

नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपुरणीय क्षतिः पुर्व राष्ट्रपति भण्डारी

 
काठमाडौं, २६ भदौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै उहाँले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी छन् ।

संसदीय दलका उपनेता नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, “म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।”