नवलपुरमा नगरपालिकाको गाडीको ठाकरबाट एक बालकको मृत्यु 

नवलपुरमा नगरपालिकाको गाडीको ठाकरबाट एक बालकको मृत्यु 

नवलपुरमा नगरपालिकाको गाडीको ठक्करबाट चार वर्षीय एक बालकको मृत्यु भएको छ।  पुर्वी नवलपुर मध्यविन्दु नगपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने सरकारी गाडीको ठक्करबाट मृत्यु भएको जनाइएको छ।  

मध्यविन्दु नगरपालिका वडा नं. १५ का धनिराम माझीका चार बर्षीय छोरा आदित्य माझी रहेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रवक्ता डिएसपी सन्तोष पाठकले जानकारी दिए। 

उनको अनुसार वडा नं. १५ स्थित हरवासटार खण्डको भित्री खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा २ झ २३१२ नम्वरको जीपले बालकलाई ठक्कर दिएको हो । ठक्कर दिने गाडी र मध्यबिन्दु न.पा. को गाडी, चालक कृष्ण प्रसाद भण्डारी प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता पाठकले बताए ।

मध्यविन्दु नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनका लागि गएको बेला उक्त सवारी दुर्घटना भएको नगरपालिकाले जनाएको छ ।