नुहाउने क्रममा नदीमा डुबेर एक पुरुषको मृत्यु


काठमाडौं, ३० वैशाख । बाँकेको कोहलपुरमा नदीमा डुबेर एक पुरुषको ज्यान गएको छ । बैजनाथ गाउँपालिका–४ बोरिङका ३६ वर्षीय कमल साहानीको जेठीनाला नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । 

साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएकोमा उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।