सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक(आइजीपी)मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्री परिषद् बैठकले केसीलाई सशस्त्र प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको हो।

गृहमन्त्री बालकृष्ण खाँणले केसीलाई महानिरीक्षक बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले अवकाश पाएसँगै केसी महानिरीक्षकमा नियुक्त भएका हुन्।

केसीले पनि सेवा हदका कारण यही वैशाख १९ गते अनिवार्य अवकाश पाउँदैछन्।