म्यादी प्रहरी बनाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ

म्यादी प्रहरी बनाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ

सप्तरी प्रहरीले म्यादी प्रहरीमा लगाइदिने भन्‍दै रकम ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् ।

स्थानीय तह निर्वाचन–२०७९ का लागि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारेर रकम लिने गरेको उजुरी आएपछि मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।