क्लिनिक खोलेर बसेका दुई नक्कली चिकित्सक पक्राउ

क्लिनिक खोलेर बसेका दुई नक्कली चिकित्सक पक्राउ

मोरङका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले दुई जना नक्कली चिकित्सक पक्राउ गरेको छ। पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका १ मा रहेको  श्री राम पाइल्स क्लिनिकका सञ्चालक भारत दार्जिलिङ रानिगञ्ज पानसालीका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैचा नगरपालिका ३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ  देवीगञ्ज ग्रामपन्चायतका २९ वर्षीय सनोड मण्डल रहेको प्रहरीले जनाएको छ।

उनीहरुले चिकित्सा शिक्षासम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानुन बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नका लागि इजाजत पत्र प्राप्त नगरेको पाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बैशाख १२ गते उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले विगत केही समयदेखि आफू चिकित्सक भएको बताउँदै क्लिनिक सञ्चालन गर्दै आएका थिए ।

यसरी अबैध रुपमा क्लिनिक सञ्चालन गरी आम नागरीकहरुको स्वास्थ्यमा खेलवाड गर्ने उनीहरुलाई प्रहरी टोलीले  उपचारमा प्रयोग गरिएको सामग्रीसहित पक्राउ गरेको हो।