पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

1.

पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १ हजार १७० नमुनाको परीक्षण गर्दा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

२४ घण्टामा गरिएको परिक्षण  ६४ थपिँदा सोही अवधिमा थप ५७ जना कोरोना संक्रमण मुक्त भएका छन्।  मन्त्रालयको अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५७ रहेको छ । 

उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।