प्रि–ओपन सेसनः नेप्से सूचकमा झिनो वृद्धि

प्रि–ओपन सेसनः नेप्से सूचकमा झिनो वृद्धि

काठमाडौ, १० भदौ । प्रि –ओपन सेसनमा नेप्से सूचक ०.२७ विन्दुले बढेको छ । यससँगै सूचक २०१४.२० अंकमा आएको छ । ३ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ६७५ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १३ पटक सेयर कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।