प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानी राजदूत हाशमीबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानी राजदूत हाशमीबीच भेटवार्ता


काठमाडौं, २० असार । आज नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हाशमीबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा आज भएको भेटवार्तामा प्रधानसेनापति शर्मा र राजदूत हाशमीबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

‘यस किसिमको भेटले दुई देशबीच रहेको सम्बन्ध थप सुमधुरप्रभुराम शर्मा एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।