पुल्चोकको मन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

पुल्चोकको मन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । पुल्चोकको मन्त्री निवास क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले निषेधित क्षेत्र घोषणा गरेको छ।ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

‘पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजश्व कार्यालय तथा युएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लासम्मको क्षेत्रलाई निषेधित क्षेत्र’ घोषणा गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्।निषेधाज्ञा आजैदेखि लागू हुने गरी ६ महिनासम्मका लागि लगाइएको ललितपुर प्रशासनले जनाएको छ।