पोखरामा एमालेले गर्‍यो मेयर परिवर्तन, कृष्ण थापा नयाँ उम्मेदवार

पोखरामा एमालेले गर्‍यो मेयर परिवर्तन, कृष्ण थापा नयाँ उम्मेदवार

नेकपा एमालेले पोखरा महानगरपालिकामा नयाँ उम्मेदवार तय गरेको छ। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पोखराको मेयरमा कृष्ण थापालाई उम्मेदवार बनाएको जानकारी दिए।

एमालेले मेयरमा दीपक पौडेललाई दिएको टिकट थापालाई दिएको हो। जुनिएर व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै एमालेभित्र आन्तरिक विवाद भएपछि एमालेले पौडेललाई हटाएको हो। पोखरामा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीच लामो समयमादेखि टक्कर छ।

एमालेले यस अगाडि नै उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ। गुरुङ अघिल्लो निर्वाचनमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन्।