निर्वाचन नजिकिएपछि फेरिएका प्रचण्ड, जनयुद्वका घाइतेलाई भेटेर भने- खर्चको अभाव हुन दिन्नँ

निर्वाचन नजिकिएपछि फेरिएका प्रचण्ड, जनयुद्वका घाइतेलाई भेटेर भने- खर्चको अभाव हुन दिन्नँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जनयुद्धका घाइते भेट्न वीर अस्पताल पुगेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचारत पूर्व जनमुक्ति सेना भक्त राना मगर र गोरखा फुजेलका बिरामी (सहिद परिवार) तिलराम देवकोटालाई भेट्न मंगलबार बिहानै प्रचण्ड अस्पताल पुगेका हुन्।

रानाको श्रीमती वर्षा राना र उपचारमा संलग्न चिकित्सकमार्फत उनको उपचार र आर्थिक अवस्थाबारे जानकारी लिएपछि अध्यक्ष प्रचण्डले उपचारका लागि अब खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। ‘उपचार खर्च, परिवारका लागि पार्टीले सहयोग गर्छ, सरकारसँग पनि कुरा गर्छौ’ उनले भने, ‘खर्चको दुःख हुन अब दिन्नँ, दिइन्न।’

अध्यक्ष प्रचण्डले विदेशबाट पनि सहयोग जुटाउने काम भइरहेको बताए। प्रचण्डले रानाको श्रीमती वर्षा रानाको रोजगारी र उनका ७ वर्षीय छोराको शिक्षादिक्षाका लागि पनि उचित पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे।