अब कुहिने र नकुहिने फोहोर छुट्ट-छुट्टै नदिए पाँच सय जरिवाना तिराइने

अब कुहिने र नकुहिने फोहोर छुट्ट-छुट्टै नदिए पाँच सय जरिवाना  तिराइने

काठमाडौं महानगरपालिकाले फोहोर बर्गीकरण गर्न फोहोर उत्पादनकर्तालाई आग्रह गरेको छ। महानगरले सूचना जारी गर्दै वैशाख १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण (कुहिने र नकुहिने फोहोर छुट्याउन) गर्न आग्रह गरेको हो।

‘जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहर पृथकीकरण गरी जैविक (कुहिने) फोहोर संकलन गर्न आउने दिन जैविक (कुहिने) फोहोरमात्रै संकलन गर्ने र अजैविक (नकुहिने) फोहोर संकलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोरमात्रै संकलन गर्ने जानकारी गराइन्छ।

यसरी स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर संकलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१(थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसूर मानी प्रत्येकपटक पाँच सय रुपैँया जरिवना हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि  सूचना प्रकाशित गरिएको छ ।