बाढी र पहिरोले घर पुरिँदा जम्मु काश्मिरमा आठ जनाको मृत्यु

 बाढी र पहिरोले घर पुरिँदा जम्मु काश्मिरमा आठ जनाको मृत्यु

काठमाडौं, ४ साउन । दक्षिण पश्चिम मनसुनका कारण लगातारको अविरल वर्षा र पहिरोले पहाडदेखि तराईसम्मको जनजीवन प्रभावित भएको छ । भारतको जम्मुमा भारी वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको छ ।

 हिमाली क्षेत्रमा वर्षाका कारण दिल्लीमा यमुनाले फेरि खतराको निशान पार गरेको छ । हिमाचल प्रदेशदेखि उत्तराखण्ड, पश्चिम उत्तर प्रदेश, महाराष्ट्र, कोंकण र गुजरातसम्म भारी र भीषण वर्षाले जनधनको क्षति गरेको छ । हिमाचल–उत्तराखण्डमा झण्डै एक हजार सडक बन्द छन् ।
 
जम्मुको कठुआ तहसीलमा पहिरोका कारण दुर्घटना भएको हो । मृत्यु हुने सातै जना एकै परिवारका रहेको बताइएको छ । बुधबार बिहान पहिरो गएपछि मानिसहरु निदाइरहेका थिए । 

रामबन र बनिहालको बीचमा पहिरो र चट्टान खसेको कारण जम्मू श्रीनगर राष्ट्रिय राजमार्ग छ घण्टा भन्दा बढी बन्द भएको थियो। यसैबीच हिरानगर क्षेत्रको दयालाचक र चडवल बीचको तरनाह नालाको पुलमा दरार परेपछि जम्मु–पठानकोट राजमार्ग अनिश्चितकालका लागि बन्द भएको छ ।